बास्केट बल संघ गण्डकीद्धारा निर्णायक प्रशिक्षक तालिम
पाेखरा | जेठ २८, २०८२
पोखरा: नेपाल बास्केट बल संघ गण्डकी प्रदेशको आयोजनामा निर्णायक प्रशिक्षक तालिम पोखरामा सम्पन्न भएको छ । तालिममा गण्डकी प्रदेशका सामुदायिक विद्यालयका खेल शिक्षक तथा पूर्व बास्केटबल खेलाडी हरु गरि ३२ जनाको सहभागीता रहेको थियो ।
तीन दिन सम्म सञ्चालित उक्त तालिमको समापन गर्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले खेलकुद प्रतियोगितालाई कुशलताका साथ सम्पन्न गर्नु नै निर्णायकको प्रमुख भुमिका रहने बताउदै त्यस तर्फ चनाखो रहेर काम गर्न तालिममा सहभागीहरुलाई आग्रह गरे ।
सो अवसरमा वोल्दै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले खेलकुद सम्पन्न गर्नका लागि निर्णायकको भुमिका मुख्य हुने भएकाले तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्न सकेको खण्डमा प्रतियोगिताहरु सहज र सफल रुपमा सम्पन्न हुने बताए ।
त्यस्तै प्रशिक्षार्थी इन्द्र गुरुङले बास्केटबल संघले प्रदेश भरका निर्णायकहरुलाई सहभार्गी गराई तिन दिन सम्म तालिमको आयोजना गरेर आफुहरुमा थप उर्जा थप्ने काम भएको बताए ।
कार्यक्रममा बास्केट बल संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष जुम प्रसाद गुरुङ , बास्केट बल संघका सल्लाहकारद्धव सुनिल , नारायण शर्मा , लगायतले तालिमबाट प्राप्त ज्ञानलाई ब्यावहारमा उतार्दै अघि बढ्नुपर्नेमा जोड दिए । प्रशिक्षण कार्यक्रममा फिफा रेफ्री राज कुमार महर्जनले सहभागीहरुलाई सहजीकरण गरेका थिए ।
नेपाल बास्केट बल संघ गण्डकी प्रदेशका अध्यक्ष ध्वोज कुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष किरण सापकोटाले स्वागत मन्तब्य राखेका थिएभने महासचिव विष्णु कुमार गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

